सीवाईसी नेपाल र आँधिखोला लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेदेखि, २ दिन सेवा बन्द




काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाबीच फागुन ३० गतेदेखि एकीकृत कारोबार हुने भएको छ ।

दुवै संस्था एक आपसमा मर्ज भएर फागुन ३० देखि एकीकृत कारोबार गर्न लागेका हुन् । नेपाल राष्ट्र बैकले दुवै संस्थालाई एकीकृत कारोबार गर्न स्वीकृति दिइसकेको छ ।

मर्जरपछि सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएपछि दुवै कम्पनीको सेवा २८ र २९ गते बन्द हुने भएको छ । मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका– ८ सभागृहचोकमा हुनेछ ।


क्लिकमान्डु