राष्ट्र बैंकको निर्देशनपछि आशा लघुवित्तको लाभांश घट्यो, अब कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि आशा लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ ।

केन्द्रीय बैंकको निर्देशनपछि कम्पनीको लाभांश दर समेत घटेको छ । यसअघि २१.०५ प्रतिशत लाभांश दिएको कम्पनीले अब भने १५ प्रतिशत मात्रै दिने पाउने भएको छ ।

यसअघि २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

अब भने १४.२९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांशसहति १५ प्रतिशत लाभांश दिने भएको छ । संशोधित लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु