निर्धन उत्थान लघुवित्तका सीईओको तलब भत्ता ४० लाख बढी




काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ४० लाख ११ हजार २०५ रुपैयाँ तलब भत्ता दिएको छ ।

कम्पनीले उक्त आवमा सीईओलाई तलब बापत २० लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस्तै भत्ता बापत १६ लाख ९२ हजार, बिदा बापत ५७ हजार २०५ रुपैयाँ, बीमा खर्च बापत १ लाख ७४ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले सीईओलाई सञ्चयकोष र बोनस ऐन अनुसार बोनस सुविधा दिएको छ । यस्तै सवारी साधान, इन्धन, मोबाइल, इन्टरनेट र पत्रपत्रिका खर्च सुविधा दिएको छ ।

कम्पनीले सञ्चालक समितिलाई एक वर्षमा भत्ता बापत ३ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले अध्यक्षलाई प्रति बैठक भत्ता ८ हजार र सञ्चालकलाई ७ हजार दिने गरेको छ । यस्तै सञ्चार खर्च बापत मासिक १ हजार ५ सय दिने गरेको छ ।


क्लिकमान्डु