आकस्मिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्थाले साढे ३ घन्टा कार्यालय खोल्नुपर्ने



काठमाडौं । सरकारले दिने आकस्मिक बिदाको दिनमा पनि बैंक तथा वित्तीय संस्थाको कार्यालय खोल्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले जारी गरेको बैंक बिदाको सूचीका अतिरिक्त सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा दिन कार्यालय खोल्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई विहान १० देखि दिउँसो साढे १ बजेसम्म आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिन भनेको छ ।


क्लिकमान्डु