आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्कासन
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निष्कासन गरेको छ ।
कम्पनीले २ करोड ३ लाख ३८ हजार रुपैयाँको २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गरेको हो । जसमा २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकेको छ ।
३ हजार ११७ कित्ता सेयर कर्मचारी, १० हजार १७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको छ ।
आईपीओमा १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ ।