लघुवित्तले कर्जामा लिएको ब्याजको कम्तीमा ५०% बचतमा ब्याज दिनुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई कर्जामा लिएको ब्याजको कम्तीमा ५० प्रतिशत ब्याज निक्षेप तथा बचतमा दिन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशन संशोधन गरी व्यवस्था गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन ।

अहिले भने राष्ट्र बैंकले ‘लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम व्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप-बचतको न्यूनतम व्याजदर तय गर्नुपर्नेछ’ भन्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु