सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा, नगद ११.०५%, बोनस कति ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लााभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २१ प्रतिशत लाभांश दिने भएको छ ।
जसमा बोनस १० प्रतिशत र कर प्रयोजनसहित ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।