युक्रेन पुगे अमेरिकी राष्ट्रपति वाइडेन



एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेन युक्रेनको राजधानी किएव पुगेका छन् ।

एक वर्ष पहिला रूसको आक्रमणपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो युक्रेन यात्रा हो ।

यसअघि, वाइडेन पोल्याण्डका राष्ट्रपति एन्द्रेज दुदासँग भेट्न पुगेका थिए । तर उनी त्यहाँबाट अचानक किएव पुगेको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी किएवमा विहानदेखि कोही महत्वपूर्ण पाहुन आउन लागेको अनुमान लगाइएको थियो ।

युक्रेनी राष्ट्रपति जेलेस्कीले केही मिनेट पहिला सामाजिक सञ्जाल टेलिग्राममा अमेरिकी राष्ट्रपतिसँग हात मिलाइरहेको तस्बिर राखेका छन् ।
उनले लेखेका छन्, जो वाइडेन, किएवमा स्वागत छ । तपाईंको यात्रा सबै युक्रेनियनको समर्थनका लागि एक अत्यन्त महत्वपूर्ण संकेत हो ।’


क्लिकमान्डु