जीवन विकास लघुवित्तको बम्पर लाभांश घोषणा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
शनिबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र ९.३६ प्रतिशत नगद सहित ३७.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।