छुट्ला है स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिन



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र ऋणपत्रमा आवेदन दिइसक्नुपर्ने छ । अन्यथा ऋणपत्रमा आवेदन दिन पाइने छैन ।

बैंकले माघ २६ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँका दरले २४ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमा १४ लाख ४० हजार कित्ता बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने, ९ लाख ६० हजार कित्ताबाट ४८ हजार सामूहिक लगानी कोष, ९ लाख १२ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।

‘१०.३०% स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ को अवधि ५ वर्षको रहेको छ । यसमा बार्षिक १०.३० प्रतिशत ब्याज पाइने छ । न्यूनतम २५ देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

आवेदनकर्ताले ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटल रहेको छ ।


क्लिकमान्डु