करिब सवा १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले जारी गर्ने टे«जरी बिलको सोमबा बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिन अवधिका लागि ५ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो चैत ७ गते परिपक्व हुनेछ ।

यस्तै ९१ दिनका लागि जारी गर्न लागेको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल २०८० जेठ ९ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि जारी हुन लागेको ६ अर्बको ट्रेजरी बिल २०८० साउन भदौ ५ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । बोलकबोलमा सबै बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण समेत सहभागी हुन पाउनेछन् ।


क्लिकमान्डु