राष्ट्र बैंकले ५ वर्षका लागि नागरिक बचतपत्र जारी गर्ने, कति पाईन्छ ब्याज ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिका लागि नागरिक बचतपत्र जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र २०८४ ‘क’ चैत ६ गते निष्काशन गर्न लागेको हो ।
नागरिब बचतपत्र २०८४ ‘क’ मा बचतकर्ताले फागुन १० देखि ३० गतेसम्म आवेदन दिन सक्नेछन् । यसको साँवा भुक्तानी गर्ने अवधि २०८४ चैत ६ गते रहेको छ । यसको ब्याजदर वार्षिक ११.५० प्रतिशत रहेको छ । ब्याज ६/६ महिनामा प्रदान गरिने छ ।
घटिमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने छ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने छ ।
यो लिन स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने, स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने छ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।