कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त



काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो । गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने बताएका छन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका थिए । २२ जनाबाट ५ जनाको नाम छनोटमा परेको थियो । ५ जनाबाट उनी सीईओ बनेका हुन् ।

गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए । उनीसँग म्यानमारको म्यानमार सिटिजन्स बैंकमा सीईओ भएर काम गरेको अनुभव छ ।


क्लिकमान्डु