कृषि विकास बैंकको सीइओका लागि ५ जनाको नाम सिफारिस



काठमाडौ । कृषि विकास बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम सर्ट लिस्टमा छानिएको छ । सीईओ छनोट समितिले आवेदन दिएका २२ जनाबाट ५ जनाको नाम छनोट गरेको हो ।

५ जनामा बद्री गुरागाई, गोविन्द गुरुङ, प्रताव सुवेदी, यज्ञप्रकास न्यौपाने र विष्णुदेव यादव रहेका छन् । यी ५ जनामध्येबाट १ जनालाई मन्त्रिपरिषदले सीईओमा नियुक्त गर्ने छ ।


क्लिकमान्डु