बैंकविरुद्ध व्यवसायीले सडक आन्दोलन गर्ने



काठमाडौं । बैंकहरु विरुद्ध उद्योगी व्यवसायीहरुले शुक्रवार सडक आन्दोलन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरुले शुक्रबार बैंकविरुद्ध सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रिय व्यवसायी महासंघले बिहीबार एक सूचना जारी गर्दै फागुन ५ गते शुक्रबार माइतिघर मण्डलामा विशाल र्याली सहित बैंकको ज्यादतीविरुद्ध आन्दोलन गर्ने जनाएको छ ।

पछिल्लो समय बैंकहरुले आफु खुशी मनलाग्दी ब्याजदर बढाएर उद्योगी व्यवसायीहरुलाई मर्कामा पारेको, धितो लिलामीको सूचना निकालेर हैरान पारेको त व्यवसायीलाई कालो सूचिमा राख्ने कदम विरुद्ध व्यवसायीहरुले भोलि शुक्रबार जुध्य सालिक न्यूरोड, नयाँ वानेश्वर, अनामनगर हनुमानथान तीन तिरबाट र्‍याली निकाल्दै माइतीघर मण्डलामा गएर कोणसभा गर्ने जनाएको छ ।

यतिबेला बजारमा चरम मन्दी छाइरहेको र बैङ्कको किस्ता र ब्याज तथा घरभाडा तिर्न नसकेको भन्दै व्यवसायीहरू आत्महत्याको बाटो रोजिरहदाँ पनि सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरेकाले बाध्य भएर आन्दोलन गर्न लागेको व्यवसायीहरुले बताएका छन् ।


क्लिकमान्डु