प्रदेश सरकार आवश्यक होइनकी भन्ने लागेको छ: प्रदेश मन्त्री थापा



काठमाडौं । बागमति प्रदेशका खानेपानी, उर्जा तथा सिन्चाई मन्त्री उद्धव थापाले प्रदेश सरकार आवश्यक होइनकी भन्ने लागेको बताएका छन् ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ईप्पानले धुलिखेलमा आयोजना गरेको बागमती प्रदेशको दिगो विकासका लागि उर्जा बिषयक छलफल कार्यक्रममा २० मेगावाट क्षमतासम्मका जलविद्युत आयोजना हेर्ने क्षेत्राधिकार प्रदेशको भए पनि त्यस अनुसार काम गर्न नपाएकाले प्रदेश सरकार आवश्यक होइन भन्ने आफूलाई लागेको उनले बताए ।

नेपालमा इन्धन आयातमा धेरै रकम बाहिरिने गरेको भन्दै उनले उर्जाको उत्पादन बढाउनु पर्ने बताएका छन् ।

उर्जाको उत्पादन बढाएर धेरै लाभ लिन उनले आग्रह गरे । उनले देशसहित बागमती प्रदेश, मठमन्दिर उज्यालो बनाउने बताए । मन्त्री थापाले बागमती उर्जा १४ प्रतिशत उत्पादन भएको र खपत ५० प्रतिशत भएको बताए ।

ग्यासभन्दा इन्डक्सन चुलो प्रयोगमा जोड दिनु पर्ने उनले बताए । ग्यास खतरायुक्त भएको भन्दै उनले विद्युतीय चुलो प्रयोगमा सरकारले जोड दिने बताए । यसका लागि अनुदान बढाउन आवश्यक रहेको उनले बताए ।


क्लिकमान्डु