राष्ट्र बैंकले जारी गर्यो बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन २०७९ जारी गरेको छ ।
यसअघि जारी भएका विभिन्न परिपत्र-निर्देशनलाई समावेश गरेर परिमार्जन सहितको एकीकृत निर्देशन जारी गरेको छ ।
यसमा एकीकृत निर्देशन, २०७८ र सो पश्चात २०७९ माघ मसान्तसम्म जारी भएका परिपत्र तथा निर्देशन समेतलाई समावेश गरिएको छ । यसमा परिपत्र तथा निर्देशनमा भएको नयाँ व्यवस्था समावेश गरिएको छ ।
इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा प्रवाह÷नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।