डिजिटल रेमिट्यान्स् प्रवर्धन गर्न स्वस्तिमा युएई जाने



काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस समेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् युएई जाने भएकी छन् ।

इसेवा मनि ट्रान्सफरको “मेरो डिजिटल देश “ योजना अन्तर्गत जिजिटल रेमिट्यान्स्लाई प्रवद्र्धन गर्ने उदेश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबारका दिन युएई जान लागेकी हुन् ।

खड्का शनिवार १८ फेबु्रअरी अल खाइल मल शाखामा साँझ ५ बजे देखि ६:३० बजेसम्म, १९ फेबु्रअरी आईतबारका दिन सेन्ट्रल मल शाखामा दिउँसो २ बजे देखि ३ बजेसम्म रहने छन् ।

यस्तै खड्का दुबई स्थित अल घुराइर मलमा १९ फेब्रुअरी कै दिन एक विशेष कार्यक्रममा सहभागी हुने छन् ।

कार्यक्रममा उनले त्यहाँ सहभागि सवैसँग साँझ ४ बजेदेखि साँझ ७ बजेसम डिजिटल रेमिट्यान्सको बारेमा छलफल र नेपालीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

त्यसै गरि २० फेबु्रअरी सोमबार आबुधावी स्थित हमदान शाखामा दिउँसो ४ बजे देखि ५ बजेसम्म उनी रहने छन् ।

अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्स युएईको सवैभन्दा ठूलो रेमिट्यान्स् कारोबार गर्ने एक्सचेन्ज कम्पनी हो । अहिले इसेवा मनि ट्रान्सफरले “ मेरो डिजिटल देश ” योजना सञ्चालन गरिरहेको छ ।

“मेरो डिजिटल देश ” योजनाले विश्वभर बाट नेपालमा बैंक खाता वा वालेट मार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीहरुलाई विभिन्न उपहार समेत दिइरहेको छ । “मेरो डिजिटल देश ” योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने एक जनालाई काठमाडौंमा घर समेत दिने योजना इेसेवा मनि ट्रान्सफरले अघि सारेको छ ।


क्लिकमान्डु