राष्ट्र बैंकले १८ अर्बको ट्रेजरी बिल जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले जारी गर्ने टे«जरी बिलको आजै बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिन अवधिका लागि ५ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो फागुन ३० गते परिपक्व हुनेछ ।

यस्तै ९१ दिनका लागि जारी गर्न लागेको ७ अर्बको ट्रेजरी बिल २०८० जेठ २ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि जारी हुन लागेको ६ अर्बको ट्रेजरी बिल २०८० साउन ३० गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । बोलकबोलमा सबै बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण समेत सहभागी हुन पाउनेछन् ।


क्लिकमान्डु