चिनियाँ कम्पनीले छाप्ने भयो २० रुपैयाँ दरका ३१ करोड थान नोट



काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने भएको छ ।

राष्ट्र बैंकले चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ लाई नोट छाप्न दिने आशयपत्र जारी गरेको छ ।

कम्पनीले ४६ लाख ९८ हजार ६८५ अमेरिकी डलर लागतमा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव राष्ट्र बैंकमा पेश गरेको थियो । उक्त कम्पनीलाई राष्ट्र बैंकले छनोट गरेको छ ।


क्लिकमान्डु