डा रञ्जितकारको क्यासर उपचारमा अल्मूनाइको आर्थिक सहयोग
काठमाडौं । डा. रञ्जितकारको क्यान्सर उपचारका लागि लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका भूतपूर्व विद्यार्थीहरुको संस्था, लियास्ट अल्मूनाईले सहयोग गरेको छ ।
ललितपुरस्थित कलेजमा अध्ययनरत र उत्तीर्ण विद्यार्थीहरुबाट सङ्कलित रकम प्रथम चरण एक लाख पचपन्न हजार पाँच सय पचपन्न र दोस्रो चरणमा एक लाख गरेर जम्मा दुई लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ कलेजका रिसर्च एण्ड डेभलपमेन्ट शाखा प्रमुख डा. मुरली गोपाल रञ्जितकारको क्यान्सर उपचारको लागि उपलब्ध गराएको छ ।
उक्त रकम डा. रञ्जितकारका छोरा सगुन रञ्जितकारलाई क्याम्पसमा आयोजित एक कार्यक्रममा अल्मूनाईका अध्यक्ष पुष्पबहादुर कटुवाल र क्याम्पस प्रमुख डा. खेट्राज दहालले संयुक्त रुपमा हस्तान्तरण गरे ।
साथै उक्त कार्यक्रममा क्याम्पस र अल्मूनाइबाट सञ्चालित विभिन्न कार्यक्रमहरुमा उल्लेख्य सहयोग गरे वापत ई. ज्ञानेन्द्र राजभण्डारीलाई सम्मान गरिएको थियो ।