स्प्रेड र प्रिमियममा राष्ट्र बैंकले थप कडाइ गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियमसम्बन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत उक्त व्यवस्था गरेको ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै ‘बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियमसम्बन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाइने छ’ भन्ने व्यवस्था गरेको हो ।


क्लिकमान्डु