एक महिनामै घट्यो ९० अर्ब पुनरकर्जा



काठमाडौं । राष्ट्र बैंकबाट प्रवाह भएको पुनरकर्जा ह्वात्तै घटेको छ ।

मंसिर मसान्तसम्म नेपाल राष्ट्र बैंकले सहुलियत दरमा १ खर्ब ३७ करोड रुपैयाँ पुनरकर्जा प्रवाह गरेकोमा पुस मसान्तमा उक्त रकम ११ अर्ब ७५ करोडमा झरेको छ ।

असार मसान्तमा राष्ट्र बैंकले सहुलियत दरमा १ खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ पुनरकर्जा लगानी गरेको थियो ।
त्यसयता पुनरकर्जा लगानी घट्दो क्रममा छ ।

२०७८ असार मसान्तमा पुनरकर्जा लगानी १ अर्ब २२ करोड रुपैयाँ थियो । २०७७ असारमा राष्ट्र बैंकबाट सहुलियतपूर्ण ब्याजदरमा ७ अर्ब ४९ करोड रुपैयाँ पुनरकर्जा लगानी भएको थियो । त्यसबखत भूकम्प पिडितलाई १ अर्ब ६१ करोड र साधारण तर्फ ५ अर्ब ८८ करोड पुनरकर्जा लगानी भएको थियो ।

कोरोना महामारीको क्रममा राष्ट्र बैंकले पुनरकर्जा कार्यविधी बनाएर सहुलियत पूर्ण ब्याजदरमा कर्जा लगानी बढाएको थियो । तर, पछिल्लो समय अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले राष्ट्र बैंकले सरकारबाट वित्तीय स्रोत नलिई सहुलियतपूर्ण ब्याजदरमा पुनरकर्जा लगानी गर्नु उपयुक्त नभएकाले पुनरकर्जाको रकम घटाउनु पर्ने बताउँदै आएको थियो ।

राष्ट्र बैंकले रिपो मार्फत बैंक तथा वित्तीय संस्थालाई तरलता प्रवाह गर्नु पर्नेमा पुनरकर्जा मार्फत तरलता प्रवाह गर्नु उपयुक्त नभएको आइएमएफको भनाइ थियो ।


क्लिकमान्डु