पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश



पोखरा । नाबालिगमाथि बाल यौन दुराचारको अभियोगमा सजाय भुक्तान गरिरहेका अभिनेता पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।

सोमबार कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश दिएको छ ।

शाहलाई नाबालिगमाथि बाल यौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासीपूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

जिल्ला अदालत तनहुँले भने यसअघि नै शाहलाई सफाइ दिइसकेको छ ।


क्लिकमान्डु