टर्की र सिरियामा भूकम्प: दुई सय जनाको मृत्यु, १ हजारभन्दा धेरै घाइते



एजेन्सी । टर्कीको दक्षिणतर्फ सिरियासँग सीमा जोडिएको क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भीय सर्वेका अनुसार ७.८ रेक्टर स्केलको भूकमुप मापन गरेको जनाएको छ । भूकम्पको केन्द्र टर्कीको २६ किलोमिटर पूर्वमा नूरदा रहेको छ ।

टर्की र सिरियाबाट आएका प्रारम्भिक जानकारीले शक्तिशाली भूकम्पका कारण धेरैको ज्यान गएको विवरणहरु प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पमा परि करिब २ सय जनाको मृत्यु भएको छ ।

सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार अहिले १११ जनाको मृत्यु भएको छ भने ५१६ जना घाइते छन् ।
टर्कीमा भने कम्तिमा ७६ जनाको मृत्यु भएको जनाइएको छ । कयौं मानिस भग्नावशेषमा च्यापिएको अवस्थामा रहेका छन् । उनीहरुको अवस्था अज्ञात रहेको जनाइएको छ ।

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा १ हजार भन्दा बढी उद्धारकर्ताहरु खटाइएको छ ।

मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।


क्लिकमान्डु