सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

आइतबार एकैदिन प्रतितोला २ हजार रुपैयाँले घटेको थियो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु