पत्रकार र मिडिया सञ्चालकलाई रविले भने: देश चलाउने भए मसँग चुनाव लड्न आउनुस्



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पार्टीको बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लामिछानेले आफू सधैँ घेराबन्दीमा पर्दै आएको बताए । उनले आफ्नो नागरिकता र राहदानीको मुद्दामा पनि नेपाली सञ्चार माध्यमले आफूमाथि निरन्तर प्रहार गरिरहेको टिप्पणी गरे ।

उनले आफू र प्रधानमन्त्री बीच भएको कुराकानी कसैलाई नसोधी नेपाली सञ्चारमाध्यममा आएको दाबी गरे ।

‘मैले म आफैँ गृहमन्त्री हुन्छु भनेर भनेको कतै सुन्नुभएको छ ? हाम्रो एक मात्रै कुरा हाम्रो भागमा परेको गृह मन्त्रालय पाउनुपर्छ भन्ने हो’ उनले भने।

उनले नेपाली सञ्चार माध्यमका सञ्चालक र सम्पादकहरूलाई समेत अदालतमाथि प्रभाव पारेको आरोप लगाएका छन् ।

‘देश चलाउने भए आउनुस् चितवन क्षेत्र नम्बर २ मा म सँग चुनाव लड्न,’ पत्रकार र सञ्चालकलाई चुनौती दिँदै लामिछानेले भने।

आफू कुनै सञ्चार माध्यमसँग नडराउने उनको भनाइ थियो ।


क्लिकमान्डु