रवि लामिछानेको नागरिकता मुद्दाबारे संसदमा ओली: आइतबार सच्चाएर ल्याउ भनेको भए हुन्थ्यो होला



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रकृयागत त्रुटीका कारण गैरनागरिक बनेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले सर्वोच्च अदालतको फैसलालाई आफूहरुले मान्ने भन्दै बिदाको दिन नागरिकता नहुने र कार्यालय खुल्नासाथ नागरिकता प्राप्ति हुने भएपछि सच्याएर ल्याउ भनेको भए हुने भनि टिप्पणी गरेका छन् ।
यसले विदेशमा रहेका नेपालीमा पनि असर पर्ने उनको भनाइ थियो । उनले यस्ता विषयमा सर्वोच्च अदालतले पनि ध्यान दिन आवश्यक रहेको बताए ।

रवि लामिछानेबारे ओलीले संसद्‍मा यसो भने

हामी सर्वोच्च अदालतको फैसलालाई मान्छौं । रवि लामिछानेसँग मेरो कुनै न संगठनात्मक, न कुनै वैचारिक । नाता सम्बन्ध पनि पर्दैन । मेरो पार्टीको पनि होइन ।

एउटा नगरिकको हैसितले शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्म नागरिकता के भयो ? आइतबार फेरि पुरानै नागरिकता पुरानै मितिमा उही नागरिकता जारी छ ।

एउटा विदाको दिन नहुने, कार्यालय खुल्दा नागरिकता प्राप्त भइसकेको छ । प्रोसिडियुल त्रुटीका कारण भएको त्रुटीका कारणले पर्सी आइतबार सच्चाएर ल्याउ भनेको भए हुने थियो होला, किन यस्तो फेसला भयो होला ?

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार भनिरहेका छौं । त्यो भनेको उम्मेदवार हुने अधिकार पनि हुन्छ होला । उम्मेदवार हुने अधिकार हुन्छ भने पासपोर्ट भीसा नागरिकता अथवा पीआर के के को छानबिन गर्छौं त्यो बिचमा ।

निर्वाचन आयोगले छानबिन गरेकै हो त अस्ति उम्मेदवार हुन उपयुक्त छ भनेर सदर गरेकै हो त उम्मेदवारी । अब भोलि यो समस्याको समाधान कसरी गर्छौं ? मताधिकार विदेशी नागरिकले प्रयोग गर्न पाउँछन् कि पाउँदैन ?

रवि लामिछाने विदेशी नागरिकता छोडिसकेको व्यक्ति हो भन्ने हामीलाई थाहा भयो । यस कुराले अब गैरआवासीय नेपालीहरुमा के असर पर्छ ? उनीहरुको नेपालमा रहेको सम्पत्तिमा के असर पर्छ ? यसले दुरगामी अर्थ के राख्छ ?

त्यसकारण यी विषयहरुमा हामी अलिक गम्भीर हुनु पर्छ कि, स्पष्ट हुने गरी कानून निर्माण गर्नु पर्छ कि ? सम्मानित सर्वोच्च अदालतले त्यसका वाइप्रडक्ट, सोसल कन्सिक्वेन्सेललाई ध्यान दिनु पर्छ कि भन्ने मेरो आग्रह हो ।


क्लिकमान्डु