कांग्रेस सभापति देउवाद्वारा राणाप्रति श्रद्धाञ्जली



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

देउवाले राणाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, सुनिल थापा, उदयशमशेर राणालगायतले राणाप्रति श्रद्धाञ्जली अर्पण गरे ।

पूर्वअर्थ सचिवसमेत रहेका राणाको उपचारको क्रममा ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।


क्लिकमान्डु