रविको क्षेत्रमा आफूलाई स्वत: विजयी घोषणाको माग गर्दै कांग्रेस नेता श्रेष्ठ निर्वाचन आयोगमा



काठमाडौं । चितवन २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै नेपाली कांग्रेस नेता उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् ।

सर्वोच्च अदालतले नागरिकतासम्बन्धी मुद्दामा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित कांग्रेस नेता श्रेष्ठ आयोग पुगेका हुन् ।

तत्कालीन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितको सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका श्रेष्ठ झन्डै ३५ हजार मतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग पराजित भएका थिए । लामिछानेको पद खारेजीसँगै दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गर्नुपर्ने उनको माग छ ।


क्लिकमान्डु