रास्वपाले समर्थन फिर्ता लिँदैन: प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार केही नहुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चाका बीच प्रचण्डले सरकार केही नहुने र आफूले बुझेसम्म सो दलले समर्थन फिर्ता पनि नलिने बताएका हुन् । ‘सरकार केही हुँदैन । मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन’, पार्टीको स्थायी कमिटी बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा प्रचण्डले भने ।


क्लिकमान्डु