सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार तेजावी सुनको मूल्य १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा बुधबार १३ सय ७० रुपैयाँ कायम भएको छ ।