युटिएललाई ५ अर्ब ३० करोड बक्यौता तिर्न ताकेता



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युटिएललाई सरकारलाई तिर्न बाँकी रहेको बक्यौता रकम ५ अर्ब ३० करोड रुपैयाँ तिर्न ताकेता गरेको छ ।

प्राधिकरणले सोमबार सूचना जारी गर्दै युनाइटेड टेलिकम लिमिटेडले नेपाल दुरसञ्चार प्राधिकरण तथा नेपाल सरकारको बाँकी बक्यौता रकम ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३ रुपैयाँ तिर्न ताकेता गरेको हो ।

सूचनामा जनाइएअनुसार यो रकम सरकारलाई २०७९ पुस मशान्तसम्म कायम हुन आएको जम्मा बाँकी रकम रहेको छ ।

युटिएलले लामो समयसम्म रकम दाखिला नगराएकाले बाँकी रहेको सम्पूर्ण बक्यौता रकम माघ मशान्तसम्म बुझाउन भन्दै प्राधिकरणले सूचनामार्फत ताकेता पनि गरेको छ ।


क्लिकमान्डु