साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरमा जाने सैद्धान्तिक सहमति
काठमाडौ । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तले मर्जरमा जाने सैद्धान्तिम सहमति पाएका छन् ।
नेपाल राष्ट्र बैंकले यी कम्पनीहरुलाई पुस १७ गते मर्जरमा जाने सैद्धान्तिक सहमति दिएको हो ।
साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तले मर्जरमा जाने सम्झौतापत्रमा भदौ ३१ गते हस्ताक्षर गरेका थिए ।
यी कम्पनीहरुले १००ः८७ को स्वाप रेसियोमा मर्ज हुने भन्दै हस्ताक्षर गरेका थिए ।
यद्यपि अन्तिम स्वाप रेसियो डिडिए रिपोर्टपछि मात्र आउने छ । मर्जरपछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था हुनेछ ।