पोखरामा व्यवसाय गर्दै आएका क्षेत्रीद्वारा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते



पोखरा । पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

पोखरा महानगरपालिका-१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा जलेर घाइते भएका हुन् ।

दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए ।

‘डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार गर्न जाँदा आफू पनि जलेर घाइते हुनुभएको छ’, उनले भने, ‘अहिले दुवै जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।’

घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।


क्लिकमान्डु