रास्वपाले बोलायो बैठक, लामिछानेलाई फेरि सभापति बनाउने तयारी



काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।

लामिछाने पुन: नागरिकता प्राप्त गरेपछि उनलाई फेरि सभापति बनाउने रास्वपाको तयारी छ ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुन: प्राप्तिको प्रकृया अघि नबढाएको भन्दै सर्वोच्च अदालतले उम्मेदवारी खारेज गरेसँगै उनी मन्त्रीसहित रास्वपाको सभापतिबाट बाहिरिएका थिए ।

आइतबार उनले पुन नागरिकता प्राप्त गरेसँगै रास्वपाले फेरि सभापति बनाउन लागेको हो ।


क्लिकमान्डु