सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु