राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय



काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ ।

दलहरुबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिका बीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी कमिटीले बैठकले सो निर्णय गरेको हो ।

एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढने नीति लिएको उनको भनाइ थियो ।

उपाध्यक्ष महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने धेरै कमरेडहरुको आवाज आएको छ । राष्ट्रिय सहमति कहाँ हुन्छ ? राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ । राष्ट्रिय सहमति हुन्छ कि हँदैन ? त्यो बाँकि छ । तर हाम्रो मत भने त्यो हो । अरु पार्टीसँग छलफल गर्न हुन्छ । एमालेसहितको राष्ट्रिय सहमतिमा जाने हो । त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन । राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने हो ।’


क्लिकमान्डु