राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५ अर्ब तान्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५ अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले ५ अर्ब रुपैयाँ ‘रिभर्स रिपो’ मार्फत प्रणालीबाट खिच्न लागेको हो ।

प्रणालीमा लगानी योग्य रकम (तरलता) अधिक भएपछि केन्द्रीय बैंकले उक्त रकम खिच्न लागेको हो । बिहीबार उक्त रकम केन्द्रीय बैंकले एक साताका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी मार्फत खिच्न लागेको हो ।

यो रिपो माघ १९ गते परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ ।


क्लिकमान्डु