इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच रणनीतिक सहकार्य



काठमाडौ । इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच रणनीतिक सहकार्य हुने भएको छ । सहकार्यसँगै वाणिज्य बैंकदेखि सहकारी संस्थालाई समेत गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्ने सकिने जनाइएको छ ।

सहकार्यसँगै मर्कन्टाइलको पुमोरी (पुमोरी) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ । यससँगै इन्फोडेभलपर्स एमओएस प्रा.लि. नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुने भएको छ ।

इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले नेपालका सबै खाले बैंक, सहकारी, पुँजी बजारका लागि दुवै कम्पनी मिलेर भरपर्दो बजार तय गर्ने बताए ।

इन्फोडेभलपर्स एमओएसले दुवै कम्पनीको राम्रो पक्षलाई प्रयोग गरी चाँडै नयाँ प्रडक्ट तथा फिचरहरू ल्याउने तयारी गरेको समेत रघुवंशीले बताए ।

नयाँ कम्पनी इन्फोडेभलपर्स एमओएस प्रालिको अध्यक्षमा सञ्जिब राजभण्डारी नियुक्त भएका छन् भने सीईओमा उमेश रघुवंशी र सह सीईओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन् ।

नेपालको आईटी तथा बैकिङ्ग क्षेत्रका लागि नयाँ आयाम सुरू गर्न पाउँदा अत्यन्तै हर्षित भएको कम्पनीका अध्यक्ष सञ्जिब राजभण्डारीले बताए । परिवर्तन चुनौतीपूर्ण भए पनि ग्राहक तथा साझेदारहरूलाई सहज बनाउने राजभण्डारीले बताए ।

सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स कम्पनीले सहकारी र लघुवित्तका लागि कोर बैकिङ्ग सोलुसन विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन ३०० बढी कर्मचारिहरुले काम गरिरहेका छन् ।


क्लिकमान्डु