यी हुन् वाणिज्य बैंकहरुका ३९६ ठूला सेयरधनी, कुन बैंकमा कसको स्वामित्व कति ?



काठमाडौं । वाणिज्य बैंकहरुका ठूला सेयरधनीमा विभिन्न व्यक्ति तथा कम्पनी गरेर करिब ४ सयको हाराहारीमा रहेका छन् । मर्जरमा जानुअघि (२५ वटा) वाणिज्य बैंकमा विभिन्न व्यक्ति तथा कम्पनीसहित ३९६ ठूला सेयरधनी (०.५ प्रतिशतभन्दा बढी) रहेका छन् ।

नेपालका बैंकमा व्यक्तिको मात्रै नभए सरकारका साथै विदेशीहरुको पनि लगानी रहेको छ । एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, स्टयान्डर्ड चार्टर्ड, नबिल, एनएमबि लगायत बैंकमा विदेशीको समेत लगानी रहेका छ ।

त्यस्तै कर्मचारी सञ्चय कोष लगायत विभिन्न संस्था र व्यक्तिहरुको धेरै बैंकमा लगानी रहेको छ । व्यक्ति मात्रै नभएर निजी कम्पनी खोलेर पनि लगानी गरिएको छ । राष्ट्रिय वाणिज्य, नेपाल तथा कृषि विकास बैंकमा सरकारको समेत लगानी रहेको छ।

नबिल बैंक

नबिल बैंकको ठूला सेयरधनीमा दुई व्यक्ति र तीन कम्पनीसहित ५ रहेका छन् । नबिल बैंकमा सबैभन्दा बढी लगानी एन.बी इन्टरनेशनलको ३९.४४ प्रतिशत अर्थात्् ९ अर्ब ४७ लाख ४६ हजार २०० रुपैयाँको रहेको छ ।

धेरै सेयर स्वामित्व हुने अर्को कम्पनी हो आईएफआईसी बैंक । बैंकको ७.७७ प्रतिशत अर्थात् १ अर्ब ७७ करोड ३६ लाख ८ हजार ८०० रुपैयाँको सेयर स्वामित्व रहेको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीको ७.६३ प्रतिशत अर्थात् १ अर्ब ७४ करोड १५ लाख १७ हजार ९०० रुपैयाँको सेयर स्वामित्व रहेको छ । निर्वाणकुमार चौधरीको ०.७० प्रतिशत अर्थात् १६ करोड १ लाख २३ हजार २ सय रुपैयाँ र बरुण चौधरीको ०.६७ प्रतिशत अर्थात् १५ करोड २६ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

एनआईसी एशिया

एनआईसी एशिया बैंकको ठूला सेयरधनीमा विभिन्न कम्पनी तथा व्यक्तिसहित २६ जना रहेका छन् । २६ ठूला सेयरधनीमा अधिकांश अग्रवाल रहेका छन् । बैंकमा धेरै सेयर हुनेमा अशोक कुमार अग्रवालको ६.२५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै त्रिलोक चन्द्र अग्रवालको ५.३४ प्रतिशत, रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत, अनुज अग्रवालको ३.०७, जयश्री गोल्छाको २.५४ प्रतिशत, जगदीश प्रसाद अग्रवालको २.५३ प्रतिशत, गोविन्दलाल संघईको २.०२ प्रतिशत, विरेन्द्र कुमार संघईको २ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा अक्षय गोल्यानको १.९४ प्रतिशत, तुलसीराम अग्रवालको १.७८ प्रतिशत, मञ्जु अग्रवालको १.७८ प्रतिशत, संचिता अग्रवालको १.७८ प्रतिशत, निकुञ्ज अग्रवाल १.७८ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको १.१० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै वासुदेव गोल्यानको ०.९८ प्रतिशत, उषा अग्रवालको ०.९६ प्रतिशत, निर्मल कुमार अग्रवालको ०.९०, कविता संघईको ०.८५ प्रतिशत, अर्पित अग्रवालको ०.८४ प्रतिशत, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ०.७० प्रतिशत, विशाल अग्रवालको ०.६९ प्रतिशत, शक्ति कुमार गोल्यानको ०.६२ प्रतिशत, अनन्त कु्मार गोल्यानको ०.६२ प्रतिशत र दिवाकर गोल्छाको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सिभिल बैंक

सिभिल बैंकमा ७ कम्पनी र १० व्यक्तिसहित १७ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । बैंकमा कर्मचारी संचय कोष, नेशनल लाइफ इन्स्योरेन्स, यसस्विका इन्टरनेशनल प्रालि, एशियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनी, विजय इन्टरनेशनल, केडिबी क्यापिटल कर्पोरेशन र प्रभु लाइफ इन्स्योरेन्स ठूला सेयरधनीको रुपमा रहेका छन् ।

बैंकमा सबैभन्दा बढी कर्मचारी सञ्चय कोषको ८.५१ प्रतिशत अर्थात् ७७ करोड २६ लाख ८८ हजार ४ सय रुपैयाँको ७७ लाख २६ हजार ८८४ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै प्रदिपजंग पाण्डेको नाममा ४.३८ प्रतिशत अर्थात् ३९ करोड ७४ लाख ५१ हजार ८०० रुपैयाँको ३९ लाख ७४ हजार ५१८ कित्ता सेयर रहेको छ । यस्तै इच्छाराज तामाङको ३.८५ प्रतिशत अर्थात् ३४ करोड ९६ लाख ६९ हजार ७ सय रुपैयाँको ३४ लाख ९६ हजार ६९७ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा नेशनल लाइफ इन्स्योरेन्सको ३.४९ प्रतिशत अर्थात् ३१ लाख ७१ हजार ४७८ कित्ता, यसस्विका इन्टरनेशनल प्रालिको ३.२१ प्रतिशत अर्थात् २८ लाख ३४ हजार ३२६ कित्ता, एशियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको २.१७ अर्थात् १९ लाख ६७ हजार ७७४ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै प्रभाव गोयन्का भिमसारियाको १.९२ प्रतिशत अर्थात् १७ लाख ४५ हजार ९३ कित्ता, अम्बिका शाहको १.७४ प्रतिशत अर्थात् १५ लाख ७९ हजार ५८८ कित्ता, विजय इन्टरनेशनलको १.५३ प्रतिशत अर्थात् १३ लाख ८६ हजार ९४४ कित्ता, केडिबी क्यापिटल कर्पोरेशनको १.०८ प्रतिशत अर्थात् ९ लाख ८१ हजार २९६ कित्ता, बाल कृष्ण श्रेष्ठको ०.९१ प्रतिशत अर्थात् ८ लाख २६ हजार ८१० कित्ता, रन बहादुर शाहको ०.८९ प्रतिशत अर्थात् ८ लाख ५ हजार ७९१ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै विरेन्द्र कुमार शाहको ०.८४ प्रतिशत अर्थात् ७ लाख ६६ हजार ८३५ कित्ता, प्रभु लाइफ इन्स्योरेन्सको ०.७४ प्रतिशत अर्थात् ६ लाख ६९ हजार ७३ कित्ता, गौरी श्रेष्ठको ०.७२ प्रतिशत अर्थात् ६ लाख ५४ हजार ५४९ कित्ता, मिना महर्जनको ०.६० प्रतिशत अर्थात् ५ लाख ४६ हजार ५२९ कित्ता र प्रकाश टायलको ०.५१ प्रतिशत अर्थात् ४ लाख ६२ हजार ७८६ कित्ता सेयर स्वामित्व रहेको छ ।

प्राइम बैंक

प्राइम कमर्शियल बैंकमा २० जना व्यक्ति ठूला सञ्चालक रहेका छन् । बैंकका ०.५० प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुने २० व्यक्ति रहेका छन् । २० जनामध्ये सबैभन्दा बढी उमेश श्रेष्ठको रहेको छ । बैंकको श्रेष्ठको २.७१ प्रतिशत अर्थात् ५० लाख ५० हजार ४८३ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै दोस्रोमा निर्मल प्रधानको १.४५ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा प्रधानको १.४५ प्रतिशत अर्थात् २७ लाख ११ हजार ८४७ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै विनोद चन्द्र बरालको १.३७ प्रतिशत अर्थात् २५ लाख ६१ हजार ४७२ कित्ता, कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात् १९ लाख २० हजार २८२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यता विक्रम पाण्डेको ०.८७ प्रतिशत अर्थात् १६ लाख १५ हजार ३७४ कित्ता, सुशिल मित्तलको ०.७३ प्रतिशत अर्थात् १३ लाख ५७ हजार २२३ कित्ता, स्वेता मास्के श्रेष्ठको ०.७१ प्रतिशत अर्थात् १३ लाख २२ हजार ४९८ कित्ता, सुन्दर नारायण जोशीको ०.७१ प्रतिशत अर्थात् १३ लाख २२ हजार ४८५, शैलजा बर्जाचार्यको ०.७१ प्रतिशत अर्थात् १३ लाख ९ हजार २६८ कित्ता, श्याम बहादुर श्रेष्ठको ०.७० प्रतिशत अर्थात् १३ लाख ९ हजार २६७ कित्ता रहेको छ ।

बैंकका अनुसार नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात् १२ लाख ६९ हजार ५९७ कित्ता, मनोहर दास मोलको ०.७६ प्रतिशत अर्थात् १२ लाख ५६ हजार ३६७ कित्ता, सनेन्द्र बर्जाचार्यको ०.६७ प्रतिशत अर्थात् १२ लाख ५६ हजार ३३६ कित्ता, अन्जली प्रधानको ०.६७ प्रतिशत अर्थात् १२ लाख ५६ हजार ७५ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै महेश राजकर्णिकारको ०.५६ प्रतिशत अर्थात् १० लाख ३८ हजार ३८६ कित्ता, तेजेन्द्र मान मल्लको ०.५४ प्रतिशत अर्थात् १० लाख १५ हजार १७३ कित्ता, नरेशलाल श्रेष्ठको ०.५३ प्रतिशत अर्थात् ९ लाख ९१ हजार ३८७ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात् ९ लाख ६३ हजार ८२३ कित्ता,राजेश श्रेष्ठको ०.५२ प्रतिशत अर्थात् ९ लाख ६० हजार ९७१ कित्ता र सन्तोष नारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ९ लाख ३५ हजार ७९० कित्ता सेयर स्वामित्व रहेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकका ठूला सेयरधनीमा १६ व्यक्ति तथा कम्पनी रहेका छन् । ठूला सेयधरनीमा ६ कम्पनी र बाँकी विभिन्न व्यक्ति रहेका छन् ।

बैंकका अनुसार लक्ष्मी कर्पको बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । बैंकमा लक्ष्मी कर्प नेपालको १४.६० प्रतिशत अर्थात् १ करोड ६८ लाख ६२ हजार ४६८ कित्ता सेयर स्वामित्व रहेको छ ।

दोस्रोमा स्नेहा खेतानको ११.३० प्रतिशत अर्थात् १ करोड ३० लाख ५० हजार ५२ कित्ता, नागरिक लगानी कोषको ८.६८ प्रतिशत अर्थात् १ करोड २ लाख ८ हजार २ कित्ता, सारिका खेतानको ७.८२ प्रतिशत अर्थात् ९० लाख ३६ हजार ७२८ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै रतन लाल संघईको ४.४८ प्रतिशत अर्थात् ५१ लाख ८० हजार २८२, गोपिकृष्ण सिकरियाको ४.४२ प्रतिशत अर्थात् ५१ लाख २ हजार ३०६ कित्ता, राजेन्द्र कुमार खेतानको ४.३८ प्रतिशत अर्थात् ५० लाख ६१ हजार ९ सय कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै हिमालयन एक्जीम प्रा.लिको ३.६९ प्रतिशत अर्थात् ४२ लाख ६३ हजार ५५, एमटीसी इन्भेष्टमेन्ट प्रा. लिको २.४० प्रतिशत अर्थात् २७ लाख ७३ हजार ७४२ कित्ता, पुजा अग्रवाल खेतानको १.६१ प्रतिशत अर्थात् १८ लाख ५८ हजार ५१९ कित्ता, ओम प्रकाश सिकारियाको १.४३ प्रतिशत अर्थात् १६ लाख ४६ हजार २५५ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै राष्ट्रिय बीमा संस्थान (जीवन) को १.३६ प्रतिशत अर्थात् १५ लाख ७३ हजार ७७४ कित्ता, प्राइम होलिडिङ प्रा.लिको नाममा ०.९३ प्रतिशत अर्थात् १० लाख ७१ हजार ४ सय कित्ता, अञ्जली सरावगीको ०.७४ प्रतिशत अर्थात् ८ लाख ५६ हजार २६९ कित्ता, दिपक कुमार मल्होत्राको ०.६६ प्रतिशत अर्थात् ७ लाख ६१ हजार ३० कित्ता र सुनिल कुमार बन्सालको ०.५६ प्रतिशत अर्थात् ६ लाख ५० हजार ७४३ कित्ता रहेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भारतीय बैंक सहित ६ व्यक्ति र एक प्रा.लिको रहेको छ । बैंकका अनुसार सबैभन्दा बढी सेयर स्वामित्व पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत रहेको छ । पन्जाब बैंकको २० प्रतिशत अर्थात् १ करोड ८८ लाख ८२ हजार २३० कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा प्रतिमा श्रेष्ठको सेयर स्वामित्व १४.८४ प्रतिशत अर्थात् १ करोड ३९ लाख ८७ हजार ७०९ कित्ता रहेको छ । यस्तै बिष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् ८६ लाख ५६ हजार ६२९ कित्ता, रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् १७ लाख ६९ हजार ५७० कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् १७ लाख ६९ हजार ५६९ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै शान्त देव पाठकको १.१८ प्रतिशत अर्थात् ११ लाख १३ हजार ३४७ कित्ता, अरुण मान शेरचनको ०.९४ प्रतिशत अर्थात् ८ लाख ८६ हजार १५४ कित्ता र होटल स्नो लायन होटलको ९.३१ प्रतिशत अर्थात् ८७ लाख ७३ हजार ७४७ कित्ता सेयर स्वामित्व रहेको छ । सर्वसाधारणको भने ४०.७७ प्रतिशत अर्थात् सेयर स्वामित्व रहेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकमा १६ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । बैंकमा रहेको ठूला १६ सेयरधनीमा ४ स्वेदशी तथा विदेशी कम्पनी र बाँकी नेपाली रहेका छन् ।

०.५ प्रतिशत भन्दा बढी हिस्सा रहेका ठूला कम्पनीमा एफएमओ नेदरल्याण्डसको १६.६९ प्रतिशत अर्थात् २ करोड ५१ लाख ४७ हजार १४२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै कर्मचारी संचय कोषको ५.५३ प्रतिशत अर्थात् १ करोड १ लाख ५० हजार ७२९ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै यंग लियन रियल्टी एस डी एन वि एच डी मलेसियाको ४.२२ प्रतिशत अर्थात् ७७ लाख ४२ हजार २७० कित्ता, गाईत्री इन्भेष्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रालिको १.९२ प्रतिशत अर्थात् ३५ लाख १९ हजार ५१३ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै व्यक्तिगततर्फ सबैभन्दा बढी नन्द किशोर राठीको १.६८ प्रतिशत अर्थात् ३० लाख ९३ हजार ३२० कित्ता, धनन्जय प्रसाद आचार्यको १.५३ प्रतिशत अर्थात् २८ लाख ६ हजार १६१ कित्ता, सुनिल कुमार गोशालीको १.०४ प्रतिशत अर्थात् १९ लाख १ हजार ९८७ कित्ता, सुशिल कुमार गोशालीको ०.९५ प्रतिशत अर्थात् १७ लाख ४४ हजार ३८९ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै पवन कुमार गोल्यानको ०.९२ प्रतिशत अर्थात् १६ लाख ९६ हजार ७३२ कित्ता, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत अर्थात् १६ लाख ७४ लाख १०१ कित्ता, सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत अर्थात् १४ लाख ५९ हजार २२२ कित्ता, पुरुषोत्तम लाल संघाईको ०.७१ प्रतिशत अर्थात् १२ लाख ९५ हजार ४९२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै पशुपति मुरारकाको ०.५८ प्रतिशत अर्थात् १० लाख ७२ हजार २६३ कित्ता, सन्तोष राठीको ०.५८ प्रतिशत अर्थात् १० लाख ५८ हजार ६९७ कित्ता, दिनवन्धु अग्रवालको ०.५३ प्रतिशत अर्थात् ९ लाख ७२ हजार ५७३ कित्ता र बलराम न्यौपानेको ०.५२ प्रतिशत अर्थात् ९ लाख ५० हजार ९३२ कित्ता सेयर स्वामित्व रहेको छ ।

प्रभु बैंक

प्रभु बैंकको ठूला सेयरधनीमा ७ वटा कम्पनी तथा सस्था १५ व्यक्तिसहित २२ रहेका छन् । यी कम्पनी तथा व्यक्तिसँग बैंकको ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेको छ ।

बैंकको सेयरमध्ये ७ कम्पनी तथा संस्था र १५ जनासँग २९.४८ प्रतिशत अर्थात् ३ करोड ७४ लाख ६० हजार २०४ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकमा प्रभु ग्रुप, कर्मचारी संचय कोष, नेपाल इन्भेष्टमेन्ट प्रालि, गणपति बनस्पति प्रालि, शिवम् सिमेन्ट, सन नेपाल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको संस्थागत सेयर स्वामित्व रहेको छ ।

बैंकमा सबैभन्दा बढी गौरव अग्रवालको ४.७१ प्रतिशत अर्थात् ५९ लाख ८९ हजार ८७२ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै दोस्रोमा प्रभु ग्रुपको ४.३६ प्रतिशत अर्थात् ५५ लाख ४६ हजार ९५२ कित्ता सेयर स्वामित्व रहेको छ भने तेस्रोेमा रहेको कर्मचारी संचय कोषको ३.९७ प्रतिशत अर्थात् ५० लाख ४३ हजार ९७५ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट प्रालिको १.९७ प्रतिशत अर्थात् २५ लाख ४ हजार ३३८ कित्ता, गणपति बनस्पति प्रालिको १.२३ प्रतिशत अर्थात् १५ लाख ५७ हजार ९७५ कित्ता, सुदिप आचार्यको १.०५ प्रतिशत अर्थात् १३ लाख ३२ हजार ४१८ कित्ता र अम्बिका शर्मा लामिछानेको १.०४ प्रतिशत अर्थात् १३ लाख २३ हजार २७३ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकका अनुसार शिव कुमार श्रेष्ठको नाममा १.०२ प्रतिशत अर्थात् १३ लाख ८३४ कित्ता, मिजस भट्टचनको १ प्रतिशत अर्थात् १२ लाख ७२ हजार ६७८ कित्ता, राजेन्द्र भट्टचनको १ प्रतिशत अर्थात् १२ लाख ६९ हजार १ कित्ता, स्वरुप गुरुङको ०.९९ प्रतिशत अर्थात् १२ लाख ५४ हजार ९२२ कित्ता, शिवम् सिमेन्टको ०.८८ प्रतिशत अर्थात् ११ लाख २० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

यता सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ०.८७ प्रतिशत अर्थात् ११ लाख ८ हजार ८०० कित्ता, पवन कुमार अग्रवालको ०.७२ प्रतिशत अर्थात् ९ लाख १७ हजार १८१ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सको ०.६७ प्रतिशत अर्थात् ८ लाख ४९ हजार ६७ कित्ता, देवराज राजभण्डारीको ०.६६ प्रतिशत अर्थात् ८ लाख ३९ हजार ९५१ कित्ता, तारा कुमार भट्टचनको ०.६५ प्रतिशत अर्थात् ८ लाख ३१ हजार २१९ कित्ता, विनोद थकालीको ०.५६ प्रतिशत अर्थात् ७ लाख ७ हजार ९५१ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकका अनुसार मनोज राठीको ०.५४ प्रतिशत अर्थात् ६ लाख ९२ हजार ४ कित्ता, शिक्षा भट्टचनको ०.५४ प्रतिशत अर्थात् ६ लाख ८८ हजार ९२६ कित्ता, सची भट्टचनको ०.५३ प्रतिशत अर्थात् ६ लाख ७३ हजार ५४१ कित्ता र साम्बा लामाको ०.५० प्रतिशत अर्थात् ६ लाख ३५ हजार ३२६ कित्ता सेयर स्वामित्व रहेको छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकको ठूला सेयरधनीमा ९ व्यक्ति तथा कम्पनी रहेका छन् । कम्पनीका ठूला सेयरधनीमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर रहेका छन् ।

असार मसान्तसम्म बैंकको ठूला सेयरधनीमा पहिलो नम्बरमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको ३.०२ प्रतिशत अर्थात् २८ लाख ८३ हजार २८२ कित्ता रहेको छ ।

यस्तै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको ०.६४ प्रतिशत अर्थात् ६ लाख ११ हजार, सुचित्र सिजापतिको ०.६२ प्रतिशत अर्थात् ५ लाख ९५ हजार ४१५ कित्ता, मनिक रत्न शाक्यको ०.६१ प्रतिशत अर्थात् ५ लाख ८० हजार ६७९ कित्ता, गोकर्ण राइको ०.६० प्रतिशत अर्थात् ५ लाख ७५ हजार ८३३ कित्ता रहेको छ ।

यस्तै शारदा केसीको ०.५९ प्रतिशत अर्थात् ५ लाख ६१ हजार ९०, कर्मचारी सञ्चय कोषको ०.५८ प्रतिशत अर्थात् ५ लाख ५३ हजार ६९४ कित्ता, मान बहादुर राइको ०.५२ प्रतिशत अर्थात् ४ लाख ९५ हजार ६६६ कित्ता र ए.जी प्रालिको ०.५० प्रतिशत अर्थात् ४ लाख ७६ हजार ८२४ कित्ता रहेको छ ।

मेगा बैंक

मेगा बैंकमा ०.५ प्रतिशतभन्दा बढी लगानी हुनेमा नागरिक लगानी कोष र ४ व्यक्तिसहित ५ जना रहेका छन् । मेगा बैंकका ठूला सेयरधनीमा बालकृष्ण भुसालको ०.७६ प्रतिशत अर्थात् १२ करोड २८ लाख ९५ हजार ३०० रुपैयाँको १२ लाख २८ हजार ९३५ कित्ता सेयर रहेको छ ।

यस्तै गौरी श्रेष्ठको ०.६९ प्रतिशत अर्थात् ११ करोड २१ लाख ६३ हजार ५०० रुपैयाँको ११ लाख २१ हजार ६३५ कित्ता, नागरिक लगानी कोषको ०.५९ प्रतिशत अर्थात् ८ करोड ५३ लाख ६० हजार ८०० रुपैयाँको ९ लाख ५३ हजार ६०८ कित्ता सेयर स्वामित्व रहेको छ ।

शान्त कुमारी कंडेलको ०.५६ प्रतिशत अर्थात्् ९ करोड १४ लाख १ हजार ८०० रुपैयाँको ८ लाख १४ हजार १८ कित्ता र कमल राज उदयको ०.५३ प्रतिशत अर्थात् ८ करोड ६३ लाख ७१ हजार ४०० रुपैयाँको ८ लाख ६३ हजार ७१४ कित्ता सेयर स्वामित्व रहेको छ ।

इन्भेष्टमेन्ट बैंक

इन्भेष्टमेन्ट बैंकमा भने ०.५ प्रतिशतभन्दा बढी लगानी गर्ने २३ प्रालि तथा कम्पनी रहेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको ठूला लगानीकर्तामा सबै प्रालि तथा कम्पनी रहेका छन् ।

यता इन्भेष्टमेण्ट बैंकमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको १२.०६ प्रतिशत, महालक्ष्मी इन्भेष्टमेन्ट प्रा.लिको ७.१० प्रतिशत, छायाँ इन्भेष्टमेन्टको ६.६०, केयू पी इन्भेष्टमेन्टको ६.२८, सोफिया इन्भेष्टमेन्टको ५.९७, नागरिक लगानी कोषको १.८४, अन्नपूर्ण इन्भेष्टमेन्ट प्रा.लि १.३२, सौर्य इनोसिस पार्टीको १.३२, प्रोस्टाइन इन्भेष्टमेन्टको १.३२, कमला इन्भेष्टमेन्ट १.२६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै नोबेल इन्भेष्टमेन्टको १.२६, लोटस इन्भेष्टमेन्ट १.१६, राष्ट्रिय बीमा संस्थान १.१३, मर्कन्टाइल इन्भेष्टमेन्ट १.०३, नेशनल लाइफ इन्स्योरेन्स ०.७५, सिट–सिटिन युनिट स्किम ०.७५ प्रतिशत, सिंगे कार्पेटको ०.७१, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को ०.६४, एपोलो इन्भेष्टमेन्ट ०.६३, श्रेष्ठ ब्रदर्श इन्भेष्टमेन्टको ०.६३ प्रतिशत, पन्चकन्या इन्भेष्टमेन्टको ०.६३ प्रतिशत, पि संघाईको इन्भेष्टमेन्टको ०.६३ प्रतिशत र आर संघाई इन्भेष्टमेन्ट प्रालिको ०.६३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूको विभिन्न संघ संस्थासहित २३ जना ठूला लगानीकर्ता रहेका छन् । बैंकको ठूला लगानीकर्तामा विभिन्न ९ कम्पनी र बाँकी सर्वसाधरण रहेका छन् ।

बैंकको ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुनेमा कर्मचारी सञ्चया कोषदेखि नागरिक लगानी कोष हुँदै भाटभटेनि सुपरमार्केटदेखि मिन बहादुर गुरुङसम्मको सेयर स्वामित्व रहेको छ ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको १५.०५ प्रतिशत सेयर स्वामित्व रहेको छ । दोस्रोमा मंगल कलश इन्भेष्टमेन्टको ३.०४ प्रतिशत, रण बहादुर शाहको २.४७ प्रतिशत, नागरिक लगानी कोषको २.१० प्रतिशत, डम्बर बहादुर मल्लको १.९९ प्रतिशत, रिता मल्लको १.७७ प्रतिशत, शारदा देवीको १.६७ प्रतिशत, मन्जु अग्रवालको १.३३ प्रतिशत, राधेश पन्तको १.१९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बीओकेमा धेरै सेयर स्वामित्व हुनेमा प्रेम बहादुर श्रेष्ठको १.०२ प्रतिशत, भुवनेश प्रसाद पन्तको ०.९३ प्रतिशत, भाटभटेनि सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको ०.८५, भुवनेश्वरी श्रेष्ठको ०.८१, आलोक सिंहको ०.८१ प्रतिशत, हेटौडा इन्भेष्टमेन्ट एण्ड टे«डिङको ०.७४, अम्बिका शाह ०.७१, सिटौला इन्भेष्टमेन्टको ०.६६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै मचान वाइल्ड लाइफ रिसोर्टको ०.६२, गीरिश प्रसाद पन्तको ०.६२, नागरिक लगानी कोषको १.१६, मंगल कलश इन्भेष्टमेन्ट प्रालिको ०.८५, भाटभटेनि सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको ०.७७ प्रतिशत र मिन बहादुर गुरुङको ०.५९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सानिमा बैंक

सानिमा बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने १३ व्यक्ति तथा संस्था र कम्पनी रहेका छन् । बैंकमा लगानी गर्ने ठूला लगानीकर्तामा १० जना व्यक्ति र तीन संस्था तथा कम्पनीको रहेका छन् ।

बैंकका ठूला सेयरधनीमा कर्मचारी सञ्चय कोष, अमला इन्भेष्टमेन्ट प्रा.लि र जय गणेश इन्भेष्टमेन्ट प्रा.लि र १० जना व्यक्ति रहेका छन् ।

बैंकमा हाल कोषको ४.२८ प्रतिशत अर्थात् ४८ लाख ४९ हजार ५४ कित्ता, अमला इन्भेष्टमेन्ट प्रा.लिको ३.९७ प्रतिशत अर्थात् ४४ लाख ९७ हजार ५६६ कित्ता सेयर रहेको छ भने जय गणेश इन्भेष्टमेन्ट प्रा.लिको ०.९५ प्रतिशत अर्थात् १० लाख ७९ हजार २४७ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै व्यक्तितर्फ सबैभन्दा बढी अरुण कुमार ओझाको ७.९४ प्रतिशत अर्थात् ८९ लाख ९२ हजार ११२ कित्ता, टेक राज निरौलाको ६.८५ प्रतिशत अर्थात् ७७ लाख ५५ हजार ९५५ कित्ता, निरज गोविन्द श्रेष्ठको ४.६३ प्रतिशत अर्थात् ५२ लाख ४६ हजार ८३१ कित्ता, जिवनाथ लामिछानेको ५.५३ प्रतिशत अर्थात् ६२ लाख ६५ हजार ७२१ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै विनय कुमार श्रेष्ठको ४.६९ प्रतिशत अर्थात् ५३ लाख ८ हजार २७५ कित्ता, घनश्याम थापाको ३.७० प्रतिशत अर्थात् ४१ लाख ८७ हजार ८५७ कित्ता, खेम राज लामिछानेको ३.५६ प्रतिशत अर्थात् ४० लाख २७ हजार २०५ कित्ता, राम कृष्ण शाहको २.५३ प्रतिशत अर्थात् २८ लाख ६४ हजार ३८८ कित्ता, दिलीप श्रेष्ठको ०.७३ प्रतिशत अर्थात् ८ लाख २३ हजार ५७६ कित्ता र गीता श्रेत्रीको ०.६७ प्रतिशत अर्थात् ७ लाख ५६ हजार २४२ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

स्टयाण्डर्ड चार्टर्ड

स्टयाण्डर्ड चार्टर्ड बैंकमा नेपालीको २९.७९ र विदेशी संस्था तथा बैंकको ७०.२१ प्रतिशत लगानी रहेको छ । बैंकमा हाल ७०.२१ प्रतिशत विदेशी कम्पनी तथा बैंकको लगानी रहेको छ । १०० प्रतिशत लगानीमा नेपालीको भने २९.७९ प्रतिशत रहेको लगानी रहेको छ ।

नेपालीको २९.७९ प्रतिशतमा सर्वसाधारणको २८.५९ प्रतिशत र अन्य व्यक्तिको १.२० प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज प्रालिको ४६.८१ प्रतिशत अर्थात् ४ करोड ४१ लाख ३६ हजार ३३८ कित्ता, स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको २३.४० अर्थात् २ करोड २० लाख ६८ हजार १६९ कित्ता सेयर स्वामित्व रहेको छ ।

उक्त बैंकमा ५ जना नेपाली व्यक्तिको पनि ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेको छ । ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुने नेपालीमा सबै अग्रवाल नै रहेका छन् ।

जसमा शंकरलाल अग्रवालको ०.६९ प्रतिशत अर्थात् ६ लाख ४६ हजार ३९५ कित्ता सेयर स्वामित्व रहेको छ भने बाँकी ४ जनाको सेयर स्वामित्व ०.७० प्रतिशतका दरले रहेको छ ।

शशि अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता, प्रियंका अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता, कोमल अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता र अभिनाश अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ ।

कुमारी बैंक

कुमारी बैंकको ठूला सेयरधनीमा विभिन्न व्यक्ति तथा प्रा.लि, कम्पनीसहित २४ रहेका छन् । बैंकमा सबैभन्दा बढी अमिर प्रताप जबराको ३.६० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै कर्मचारी सञ्चय कोषको ३.३० प्रतिशत, भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरको २.६९ प्रतिशत, जानुकी कुमारी जबरा शाहीको २.३२ प्रतिशत, सावित्री सुरुङको २.१५ प्रतिशत, बिमलादेवी अग्रवालको १.६९ प्रतिशत, मिन बहादुर गुरुङको १.०७ प्रतिशत, जगनाथ ज्ञवालीको १.०६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै राजन प्रसाद अमात्यको ०.९७ प्रतिशत, नबिन अग्रवाल ०.९८ प्रतिशत, पशुपति मुरारका ०.९८ प्रतिशत, कृष्ण प्रसाद ज्ञवाली ०.८६ प्रतिशत, बिरेन्द्र कुमार शाह ०.८५ प्रतिशत, मिलन इन्भेष्टमेन्ट कम्पनी ०.८४ प्रतिशत, शुभद्रा श्रेष्ठको ०.९७ प्रतिशत, रिसी अग्रवालको ०.७३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै प्रदिप कुमार मुरारकाको ०.६८ प्रतिशत, गौरी श्रेष्ठ ०.६६ प्रतिशत, सरस्वती देवी श्रेष्ठ ०.६४ प्रतिशत, महाविर प्रसाद गोयल ०.६२, बोध प्रसाद त्रिपाठी ०.५६, राजेन्द्र कुमार कवार ०.५६ र उत्सव कुमार अमात्यको ०.५३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकमा विभिन्न व्यक्ति र कम्पनीसहित २३ ठूला सेयरधनी रहेका छन् ।

बैंकमा सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको ४.२९ प्रतिशत, गुराँस लाइफ इन्स्योरेन्सको २.४२ प्रतिशत, सांग्रिला इन्भेष्टमेन्ट प्रा.लिको २.१७ प्रतिशत, निर्मल प्रधानको २.१६, नेपाल सेक्युरिजिट एण्ड इन्भेष्टमेन्ट प्रा.लिको १.७३, एन बि ग्रुपको १.६९ प्रतिशत, नारायण प्रसाद श्रेष्ठको १.४० प्रतिशत, ओम प्रसाद श्रेष्ठ १.३७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै राम प्रसाद श्रेष्ठको १.२१ प्रतिशत, विरेन्द्र कुमार साह १.१६ प्रतिशत, चार्टर्ड इन्भेष्टमेन्ट प्रा. लिको १.०५, जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजको १ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै भेषराज लोहनीको ०.९८ प्रतिशत, हरिभक्त शर्माको ०.९२, निश्चल प्रधान ०.७५ प्रतिशत, डा. इन्द्रराज हुमागाई ०.७३, नेपाल इन्स्योरेन्स कम्पनीको ०.६६, एनवी इन्भेष्टमेन्टको ०.६५, शशी अग्रवाल ०.६४, शशीकान्त अग्रवाल ०.६४, विनु श्रेष्ठको ०.५०, रुकमणी प्रधानको ०.३२ र दोखा भिमसेन इन्भेष्टमेन्ट प्रा लिको ०.१० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

नेपाल बैंक

नेपाल बैकको ठूला सेयरधनीमा सरकारसहित ५ वटा कम्पनी रहेका छन् । बैंकमा सरकारको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै कर्मचारी सञ्चय कोषको ३.६४ प्रतिशत, सनराइज होल्डिङ प्रालिको ०.८३ प्रतिशत, ग्लोबल होल्डिङको ०.६३ र प्रभु लाइफ इन्स्योरेन्सको ०.५४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकमा विभिन्न ३१ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । ३१ व्यक्ति तथा कम्पनीको हातमा ०.५ वा सो भन्दा बढी सेयर स्वामित्व रहेको छ ।

बैंकमा प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको ३.२३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत, रतनलाल कोडिया २.४८ प्रतिशत, हीरालाल केडिया २.१८, सविता केडिया १.९२ प्रतिशत, चिरंजीलाल अग्रवालको १.८१ प्रतिशत, पवन कुमार अग्रवालको १.७६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकका ठूला सेयरधनीमा सुवोध तोदीको १.५३ प्रतिशत, अशोक कुमार बाहेटीको १.५२ प्रतिशत, नरपत सिंह जैनको १.४५ प्रतिशत, दिनानथ केडिया १.४३ प्रतिशत, आदित्य केडिया १.३८ प्रतिशत, महावीर इन्भेष्टमेन्ट प्रा.लिको १.३७ प्रतिशत, तुसार तोदीको १.२८, सुरेश कुमार रुंङगटाको १.२१ प्रतिशत र मदन लाल केडियाको १.१७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै पुनम चन्द अग्रवालको ०.९७ प्रतिशत, विनोद कुमार अग्रवाल ०.९४ प्रतिशत, भरत कुमार तोदी ०.८७ प्रतिशत, राज कुमार टिब्रेवाला ०.८१ प्रतिशत, विनय कुमार शाह ०.७७ प्रतिशत, राजेन्द्र कुमार अग्रवाल ०.७५ प्रतिशत, श्याम कुमार अग्रवाल ०.७५ प्रतिशत, विरेन्द्र कुमार शाह ०.७२ प्रतिशत, केशरी चन्द कुचेरियाको ०.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै शशि कला अग्रवाल ०.६३ प्रतिशत, मनिष जैन ०.६३ प्रतिशत, जगदिश कुमार अग्रवाल ०.६१ प्रतिशत, शम्भु कुमार कन्दोइ ०.५९ प्रतिशत, कबिन्द्र बहादुर श्रेष्ठको ०.५९ र सरोज शर्माको ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकमा ९ ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व हबिब बैंकको २० प्रतिशत रहेको छ । यस्तै कर्मचारी सञ्चय कोषको १४.८७ प्रतिशत, एन ट्रेडिङ कम्पनीको १२.७७ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेशनलको ११.३८, छाया इन्टरनेशनल ८.९४, शसिकान्त अग्रवाल २.६५ प्रतिशत, अन्जु खेतानको ०.७७ प्रतिशत र शर्मा एण्ड कम्पनीको ०.६६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकमा विभिन्न १६ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । बैंकका भएका ठूला सेयरधनीमा ०.५० प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुनेमा १६ व्यक्ति तथा कम्पनी रहेका छन् ।

जसमा आइ. एम. ई होल्डिङ्गस प्रा. लिको ४.०६ प्रतिशत, आइ. एम. ई इन्भेष्टमेन्ट प्रा. लिको ३.६६ प्रतिशत, सुमित कुमार अग्रवाल २.०४, विष्णु प्रसाद न्यौपाने २.०४, कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रा. लिको १.६८ प्रतिशत, उत्तम कुमार नेपाल १.३८ प्रतिशत, निमिषा इन्भेष्टमेन्ट प्रा. लिको १.०८ प्रतिशत, होमल्यान्ड डेभलपर्स १.०६ प्रतिशत, हेमराज ढकालको ०.९८ प्रतिशत, क्याबिनेट श्रेष्ठको ०.९३ प्रतिशत, सन्दीप अग्रवालको ०.८४ प्रतिशत, कामधेनु इन्भेष्टमेन्टको ०.७९ प्रतिशत, सुरज कुमार श्रेष्ठको ०.७१ प्रतिशत, विनोद कुमार भिमसरियाको ०.६७ प्रतिशत, दुर्गा प्रसाद न्यौपानेको ०.५३ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको ०.५० प्रतिशत रहेको छ ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकमा स्टेट बैंक अफ इन्डियाको ५५ प्रतिशत, कर्मचारी संचय कोषको १५ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकका ठूला सेयरधनी ३ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकमा सरकारको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने कृष्ण गोपाल श्रेष्ठको १.५० प्रतिशत र लक्ष्मी श्रेष्ठको ०.६८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकमा २३ व्यक्ति तथा कम्पनीको ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेको छ । बैंकका नागरिक लगानी कोषको ३.३५ प्रतिशत, उर्मिला पाण्डेको ३.३० प्रतिशत, जनक विष्टको २.९५ प्रतिशत, बिजेन्द्र जोशीको १.५९, मनोहर दास मूलको १.३७ प्रतिशत, पवित्र कुमार कार्कीको १.२८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै रविन्द्र मान सिंह प्रधानको १.२८ प्रतिशत, सावित्री शर्माको १.१८ प्रतिशत, रमेश शर्माको १.०१ प्रतिशत, सोनी जोशीको ०.९४ प्रतिशत, अर्जुन प्रसाद शर्माको ०.८४ प्रतिशत, जगन्नाथ ज्ञवाली ०.७३ प्रतिशत, डा. शंकर प्रसाद शर्माको ०.७३ प्रतिशत, सुलोचन राज राजभण्डारीको ०.६८ प्रतिशत, नरेन्द्र कुमार देव भट्टको ०.५९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

रमिता भट्टराईको ०.५४ प्रतिशत, मनिता भट्टराईको ०.५४ प्रतिशत, प्रताप जंग पाण्डेको ०.५२ प्रतिशत, राजेश खड्काको ०.५१ प्रतिशत, प्रेम बहादुर श्रेष्ठको ०.५० प्रतिशत, राम प्रसाद श्रेष्ठको ०.५० प्रतिशत, अनिल कुमार ढुङ्गेलको ०.५० प्रतिशत र एस्. आर. हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लिको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सनराइज बैंक

सनराइज बैंकमा विभिन्न ३१ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् । जसमा सनराइज बैंकमा मोतीलाल दुगडको ५.९४, मालचन्द दुगडको ४.७७, कैलाश चन्द्र गोयलको ४.११, श्रवण कुमार गोयलको ३.९९, विवेक दुगडको २.९५, सुरेन्द्रा दुगड २.८५, बच्छराज तातेड २.४६, निधि दुगड १.७९ प्रतिशत, पुजा दुगड १.६९, श्रद्धा दुगड १.६६, शौरभ तातेड १.६४, विवेक तातेड १.६५, श्री निवास शारडा १.६४, विशाल तातेडको १.६४ प्रतिशत रहेको छ ।

यस्तै जमुना पौडयालको १.१८, सरोज दुगड १.२९, पवन कुमार शारडा १.१७, राधेश्याम शारडा १.१७, शिव रतन शारडा १.१७, भोेगेन्द्र कुमार गुरागाई १.१२, चन्दा कुमारी बेगानी ०.९०,साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ०.९० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै सुशिला घिमिरे ०.७७, भुषण गुरागाई ०.७५, ज्योति कुमार बेगानी ०.६३, कर्मचारी संचय कोष ०.७०, उमा शर्मा भट्टराई ०.६४, निर्मला देवी गोयल ०.६०, राष्ट्रिय बिमा संस्थान ०.५७, नविन खेतान ०.६० मनिषा दुगडको ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

०.५ प्रतिशतमाथि सेयर स्वामित्व हुनेको संख्या


क्लिकमान्डु