संसद् भवन नजिकै एक युवकले आफ्नै शरीरमा लगाए आगो



काठमाडौं । काठमाडौंस्थित संघीय संसद् भवन नजिकै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित सडकमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् । इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

शरीरमा पेट्रोल खन्याएर आगो लगाएका उनलाई तत्कालै उद्धार गरिएको थियो ।

घाइते आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको कारणबारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु