मन्त्रीले संघीयताविरुद्ध अभिव्यक्ति दिए स्पष्टीकरण सोध्ने प्रधानमन्त्रीको चेतावनी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीले संघीयताविरुद्ध अभिव्यक्ति दिए स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई संविधानको मर्मअनुसार चल्न आग्रह गरेका हुन् ।

मन्त्रिपरिषद्मा रहेर संघीयता र लोकतन्त्रविरुद्ध अभिव्यक्ति दिन नमिल्ने उनको भनाइ थियो ।

‘संघीयता खारेज गर्नुपर्‍यो भन्ने कुरा मन्त्रीले उठायो र सांसद्ले उठाउनु भयो यो स्पष्टीकरणको विषय हुन्छ । मन्त्रिपरिषदभित्र रहेर संघीयता र लोकतन्त्रविरुद्ध अभिव्यक्ति दिन मिल्दैन’ प्रधानमन्त्रीले भने,’सांसदहरू वा बाहिर रहेकाहरूलाई आफ्ना धारणा राख्न पाइन्छ तर मन्त्रिपरिषद्भित्र रहेर त्यो गर्न पाइँदैन । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा स्पष्टीकरणको विषय हुन्छ ।’

प्रदेश सरकार र स्थानीय सरकार केन्द्रका इकाई नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले समन्वयमा चल्नुपर्ने बताए ।


क्लिकमाण्डू