बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का



काठमाडौं । बाजुरामा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ५. ९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का आसपासका जिल्लासहित भारतमा पनि महसुस गरिएको जनाइएको छ ।

भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन ।


क्लिकमान्डु