कान्ति बाल अस्पताल परिसरमा हिमालयन बैंकका दुई भुक्तानी काउन्टर
काठमाडौं । हिमालयन बैंकले आफ्नो बागमती प्रदेशको महाराजगंजस्थित कान्ति बाल अस्पतालमा २०७९ साल माघ ४ गते बुधबारदेखि थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो । उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् ।
बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटीएम र ६००० भन्दा बढी पीओएस टर्मिनलबाट सेवा प्रदान गर्दै आइरहेको छ ।