स्वास्थ्य बीमा बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले बोर्डको स्वास्थ्य बीमा कोषमा रहेको रकमलाई ३ महिने मुद्दती निक्षेप तथा कल/जनरल निक्षेपमा लगानी गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी सिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी गोप्य शिबन्दी पेस गर्न आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त संस्थाको रुपमा घोषणा नगरेको, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार चुक्ता पुँजी कायम रहेको, कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकको सीमाभित्र भएको, विगत ३ वर्षदेखि नाफामा संचालित भएको र संचित नोक्सानी नभएको र निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने शर्तहरु बोर्डले राखेको छ ।

उल्लेखित शर्तहरुको अधिनमा रही माघ १२ गतेसम्म गोप्प शिलबन्दी प्रस्ताव गर्न सकिने बोर्डले जनाएको छ ।


क्लिकमान्डु