सरकारले दिने अनुदान लिन सहकारी संस्थाले गरे अटेर



काठमाडौ । सहकारी संघ संस्थाले सरकारले दिने अनुदान लिन अटेर गरेका छन् ।

सरकारले सहकारी विभाग मार्फत सहकारी संघसंस्थाहरूलाई आयोजना प्रस्ताव पेश गर्न यसअघि नै आवेदन माग गरेको थियो । सहकारी संघ संस्थाहरुले आवेदन दिन अटेर गरेपछि विभागले पुन आवेदन माग गरेको छ ।

विभागले आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार सहकारी संघ संस्थासँगको साझेदारीमा सहकारी आयोजना सञ्चालन गर्नका लागि अनुदान प्रदान गरिने भएकाले त्यस्तो अनुदान प्राप्त गर्न चाहने सहकारी संघ संस्थालाई आवेदन दिन पुन आह्वान गरेको छ ।

विभागका अनुसार सहकारी संस्थालाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९ को अधीनमा रही २१ दिन भित्र आवेदन दिन भनेको छ ।

विभागले यसअघि पुस ३ गते पहिलो पटक आवेदन दिन सूचना प्रकाशन गरेको थियो । उक्त सुचना प्रकाशन भएपछि पर्याप्त प्रस्ताव नपरेको भन्दै पुन दोस्रो पटक माघ ९ गते (आज) सूचना प्रकाशन गर्दै २१ दिन भित्र आवेदन दिन भनेको छ ।

आवेदन दिँदा सम्बन्धित स्थानीय तह वा प्रदेश मन्त्रालयको सिफारिससहित आयोजना प्रस्ताव पेश गर्नुपर्ने छ ।


क्लिकमान्डु