इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित



काठमाडौं । उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् ।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसबाट मगरको पक्षमा १६६ र विपक्षमा ९७ मत परेका छ । उपसभामुखमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल कसैलाई पनि मत दिएनन् ।

शनिबार राना उपसभामुखमा निर्वाचित भएकी हुन् । शनिबार मगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्दै रास्वपाकी सांसद सोबिता गौतमले प्रस्ताव राखेकी थिइनु ।


क्लिकमान्डु