प्रभु बैंकले आर्जन गर्यो १ अर्ब १९ करोड नाफा



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा प्रभु बैंकले १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४.९२ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३६ करोड ४२ लाख २४ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैकको खुद ब्याज आम्दानीमा सुधार देखिएको छ भने सञ्चालन आम्दानी भने घटेको छ । बैंकको खुद ब्याज आम्दानी २०.३ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ८ लाख ८२ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा १२.५२ प्रतिशतले घटेर १ अर्ब ६३ करोड ४१ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ८ करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

२ खर्ब ७० अर्ब ९२ करोड ३३ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ४५ अर्ब ३८ करोड ५५ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रति सेयर आम्दानी १० रुपैयाँ १९ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १४० रुपैयाँ १२ पैसा रहेको छ।


क्लिकमान्डु