विधि, प्रकृयाबाट गृहमन्त्रालय एक इन्च पनि टसमस हुने छैन, दबाब नदिनु होला: गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गृहमन्त्रालय विधि र प्रकृयाको आफ्नो प्रतिवद्धताबाट टसमस नहुने बताएका छन् ।

प्रतिनिधि सभामाको बैठकमा देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा धारणा राख्न पुगेका लामिछानेले मन्त्रालय विधि र पद्दती बाहिर एक इन्च पनि नजाने ग्यारेन्टी गराएका हुन् ।

‘फरार रहनु भएका मानिस संसदमा हुनुहुन्छ उहाँले पक्रनका लागि भन्नु भयो विधि र पद्दती बाहिर रहेर गृहमन्त्रालय एक इन्च बाहिर जाने छैन यसको ग्यारेन्टी गराउन चाहन्छु्’ उनले भने, ‘त्यसको प्रकृया छ त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने कुराको जानकारी गराउँछु ।’

विधि स्थापित गरेर कर्मचारी सरुवा बडुवामा पनि विधिसम्मत तरिकाले काम गर्ने भन्दै उनले कही कसैको भनसुन नलाग्ने दाबी गरे । अपराध नियन्त्रणमा त्यस्तै किसिमको व्यवस्था गर्ने प्रतिवद्धतामा गृहमन्त्रालय टस मस नहुने उनले बताए ।


क्लिकमान्डु